स्पेनिस ला लिगा फुटबलमा ग्रानडाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्पेनिस ला लिगा फुटबलमा ग्रानडाको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना पराजित भएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ग्रानडासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा जोर्गे मोलिनाले गोल गर्दै ग्रानडालाई २–१ को पुनरागमन जित दिलाए । पराजित भएसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बार्सिलोनाले ३३ खेलमा ७१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);