ला लिगा : बार्सिलाेनाद्वारा गेटाफे २-१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ला लिगा : बार्सिलाेनाद्वारा गेटाफे २-१ ले पराजित

barca vs getafe

एजेन्सी, ४ फागुन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले साविक विजेता गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा रोबर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना २–० ले अघि रह्यो । दोस्रो हाफको ६६ औं मिनेटमा रोड्रिगेजले एक गोल फर्काएपनि बार्सिलोनाले २–१ को जित हात पार्यो ।

जितसँगै बार्सिलोनाले २४ खेलमा ५२ अंक जाड्दै दोस्रो स्थानमा छ भने ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);