एसीसी इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एसीसी इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन हुने

asian cricekt council

काठमाडौं, ४ फागुन । फेब्रेअरी २७ देखि मार्च ६ तारिखसम्म थाइल्याण्डमा हुने भनिएको एसीयाली क्रिकेट काउन्सील एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण चीन र मलेसियाले सहभागिता नजनाउने भएपछि एसीसीले खेल तालिका नै परिवर्तन गर्ने भएको हो ।

यसअघि सहभागि आठ टिमलाई दुई समुहमा विभाजन गरेर खेल तालिका बनाइएको थियो । तर दुई देशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि अब बाकी ६ टिमलाई समावेश गरेर राउण्ड रोविन लिगका आधारमा प्रतियोगिता गराइने भएको छ । जसमा शिर्ष दुई टिमले फाइनल खेल्ने भएका छन ।

प्रतियोगितामा नेपालसंगै थाइल्याण्ड, सिंगापुर, हङकङ, म्यानमार र भुटान सहभागि हुनेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);