एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : मलेसिया र सिंगापुरको बिजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : मलेसिया र सिंगापुरको बिजयी सुरुवात

ACC u-19

काठमाडौं, १७ असार । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ मा मलेसिया र सिंगापुरले बिजयी शुरुवात गरेका छन् । मलेसियामा मंगलबारबाट सुरु भएको खेलमा मलेसियाले थाइल्याण्ड र सिंगापुरले चीनलाई पराजित गरेको हो ।

मलेसियाको किनरारा ओभलमा भएको खेलमा मलेसियाले थाइल्याण्डलाई १६ रनले पराजित गर्यो । जितपछि मलेसियाले समूह बी मा २ अंक जोडेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३०दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो। ९५ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड २६दशमलव ४ ओभरमा ७८ रनमै अलआउट भयो ।

यस्तै टीपीसीए ओभलमा भएको खेलमा सिंगापुरले चीनलाई ८ विकेटले पारजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको चीन २३ ओभर खेल्दै २८ रनमै अलआउट भयो । २९ रनको लक्ष्य पछ्याएको सिंगापुरले ६दशमलव ५ ओभर खेल्दै २ विकेट गुमाएर लक्षय पूरा गरेको हो।जितपछि नेपाल रहेको समूह ए मा सिंगापुरले २ अंक जोडेको छ।

नेपालले भने पहिलो खेल बुधवार चीनसंग खेल्नेछ।किनरारा ओभलमा हुने उक्त खेल नेपालले जितेमा नेपाल र सिंगापुरबीचको खेल हुनुअघि नै चीन बाहिरिने र नेपाल र सिंगापुर सेमिफाइनल पुग्नेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);