एसीसी इस्टर्न रिजन टी २० : मलेसियासँग नेपाल २२ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एसीसी इस्टर्न रिजन टी २० : मलेसियासँग नेपाल २२ रनले पराजित

काठमाडौं, १७ फागुन । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेसियासंग पराजित भएको छ । थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।

टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८–३८ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागि दुवैले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

तर, पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन मलेसियाका शार्भिन मुनिन्डेले ४ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।

मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए ।

अमिनुदुन राम्लेले २९ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् ।

उनले टी–ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् । अब नेपालले आइतबार हङकङसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत नै शनिबार सिंगापुरले थाइल्याण्डलाई हराएर विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);