टी–ट्वान्टी क्रिकेटमा सन्दीपको ऐतिहासिक १०० विकेट पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

टी–ट्वान्टी क्रिकेटमा सन्दीपको ऐतिहासिक १०० विकेट पुरा

sandeep 100 wicekt

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा ऐतिहासिक १ सय विकेट पुरा गरेका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसिया विरुद्ध ३ विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।

यससँगै सन्दीपले टी–ट्वान्टीमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिए । त्यसैगरी खेलको नवौं तथा आफ्नो तेस्रो ओभरमा सन्दिपले तेस्रो विकेट लिए ।

सन्दीपले करियरको सय विकेट पुरा गर्ने क्रममा नेपालबाट १८ खेलमा ३० विकेट लिएका छन् । बाँकी विकेट भने विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा लिएका थिए । सन्दीपले ५६ फ्रेन्चाइज क्रिकेटमा ७१ विकेट लिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);