सन्दीपले 'होबर्ट हुरिकेन्स'बाट बिग ब्यास लिग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सन्दीपले ‘होबर्ट हुरिकेन्स’बाट बिग ब्यास लिग खेल्ने


काठमाडौं, ४ मंसिर । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग बीबीएल टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई बिहीबार अनुबन्धित गरेको हो । सम्झौता रकम भने उसले खुलाएको छैन । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् ।

यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);