बेल्जियम र इटाली युरोपियन नेसन्स लिग फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बेल्जियम र इटाली युरोपियन नेसन्स लिग फुटबलको सेमिफाइनलमा

एजेन्सी, ४ मंसिर । बेल्जियम युरोपियन नेसन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।

बेल्जियमले घरेलु मैदानमा डेनमार्कलाई ४–२ गोलको अन्तरबाट हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । लिग ’ए’ समूह ’बी’ अन्तर्गत यो खेलमा बेल्जियमका लागि रोमेरो लुकाकुले २ तथा डि ब्रुयन र वाइ टेलीमान्सले १– १ गोल गरे ।

जितसंगै बेल्जियमले ६ खेलमा १५ अंक जोडेर समूहको शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । यसैगरी इटाली पनि युरोपियन नेसन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।

बोस्नीया हर्ज गोभिनालाई २–० गोल अन्तरबाट हराउँदै इटाली युरोपियन नेसन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा पुग्न जितको विकल्प नरहेका अवस्थामा बोस्नीया हर्ज गोभिना विरुद्ध इटालीका एन्ड्री बेलोट्टी र डोमेनिको बेरार्डिले १–१ गोल गरे । जितसंगै ६ खेलमा १२ अंक जोडेर इटाली सेमीफाइनलमा पुगेका हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);