नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो

Nepal-Cricket-And-icc

काठमाडौं, ३ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष लम्बाएको छ । कोरोना भाईरसको महामारीको कारण आईसीसीले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो ।

नेपाल क्रिकेट संघ क्यानको भर्चुअल माध्यमबाट बुधबार भएको पहिलो वार्षिक साधारण सभामा अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराउनु भएको हो । अध्यक्ष चन्दका अनुसार कोरोनाका कारण आईसीसीले नेपालको मान्यता सन् २०२३ को मार्चसम्म लम्बाएको हो ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

नेपालले हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा ५ जित र ५ हार व्यहोरेको छ ।विश्वकप छनोट अन्तर्गतको नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग–२ समेत कोरोनाको कारण स्थगित अवस्थामा रहेको छ । लिगमा नेपालले ४ खेल खेलेको छ । जसमा २ जित र २ हार व्यहोरेको थियो ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटको मान्यता पाएको थियो । एकदिवसीय अन्तराष्ट्रिय मान्यता ४ वर्षको लागि हुने गर्छ । सन् २०१८ मा पाएको नेपालको मान्यता सन् २०२२ मा सकिंदै थियो ।तर, कोरोनाको कारण एक वर्ष खेर गएको भन्दै सन् २०२३ सम्मको लागि आईसीसीले मान्यता लम्ब्याएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);