विश्वकप छनोट : नेपाल आज पपुवा न्यु गिनीसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वकप छनोट : नेपाल आज पपुवा न्यु गिनीसँग भिड्दै

एकदिवसीय मान्यता पाउनका लागि पपुवा न्युगिनीलाई पराजित गर्नैपर्ने

काठमाडौं, १ चैत । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ । समूह चरणमा एक खेल मात्र जितेर सुपरसिक्समा पुग्न नसकेको नेपालले एकदिवसीय मान्यता पाउनका लागि आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

प्लेअफको खेल जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबको मैदानमा अपरान्ह सवा एक बजे सुरु हुने छ । पपुवा न्युगिनीलाई पराजित गरे एकदिवसीय मान्यता पाउने नेपालको सम्भावना बलियो हुने छ । नेपाल र पपुवा न्युगिनीबीच सन् २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले पपुवा न्युगिनी विरुद्धका दुवै खेलमा पराजय व्यहोरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);