मेस्सीको कीर्तिमान सँगै बार्सिलोना क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेस्सीको कीर्तिमान सँगै बार्सिलोना क्वाटरफाइनलमा

messi

एजेन्सी , १ चैत । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रिक्वार्टरफाइलनको दोश्रो लेगमा चेल्सीलाई ३–० गोल अन्तरले पराजित गरी समग्रमा ४–१ को जितसहित बार्सिलोना क्वार्टरफाइनल प्रवेश गरेको हो ।

गएराति घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बलेले एक गोल गरे । मेस्सीले खेलको तेस्रो मिनेटमा नै गोलको खाता खोलेका थिए ।

बार्सिलोनाका लागि डेम्बलेले २० औं मिनेटमा अग्रता दोब्बर पारेकामा मेस्सीले खेलको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या एक सय पुर्याएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बेसिक्टासमाथि ३–१ को जित दर्ता गरी जर्मन क्लब बार्यन म्युनिक पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्यन म्युनिक पहिलो लेगमा ५–० ले विजयी भएको थियो ।

क्वाटरफाइनलमा पुग्न सफल टोलीमा रियल म्याड्रिद, लिभरपुल, म्यानचेस्टर सिटी, युभेन्टस, सेभिया, रोमा, बार्सिलोना र बायर्न म्युनिख रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);