च्याम्पियन्स लिग फुटबलमा पिएसजीसँग बार्सिलोना पराजितः पिएसजीको जितमा एमबाप्पेको ह्याट्रिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

च्याम्पियन्स लिग फुटबलमा पिएसजीसँग बार्सिलोना पराजितः पिएसजीको जितमा एमबाप्पेको ह्याट्रिक

एजेन्सी, ५ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन पिएसजीले सहज जित दर्ता गरेको छ ।

गएरति अवे मैदानमा भएको खेलमा पिएसजीले बार्सिलोनामाथि ४–१ गोल अन्तरले जित निकालेको हो ।

लियोनल मेस्सीसहितको बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा पिएसजीका लागि केलियन एमबाप्पेले तीन तथा मोइज केनले एक गोल गरे ।

बार्सिलोनाका लागि मेस्सीले एक गोल गरे । २७ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरि घरेलु टोली बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । पिएसजीका एमबाप्पेले ३२, ६५ र ८५ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे ।

त्यस्तै केनले ७० औँ मिनेटमा पिएसजीका लागि गोल गरे । दोस्रो लेग आउँदो मार्च २० मा पेरिसमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);