फ्रेन्च लिग वान फुटबलमा सेन्ट–जर्मेन पिएसजीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फ्रेन्च लिग वान फुटबलमा सेन्ट–जर्मेन पिएसजीको सहज जित

एजेन्सी, १० माघ । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन पिएसजी विजयी भएको छ ।

घरेलु मैदानमा शनिबार बिहान सम्पन्न खेलमा पिएसजीले मोन्टपिलरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । १९ औँ मिनेटमा ओम्लिन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मोन्टपिलर १० खेलाडीमा सीमित भएको थियो ।

पिएसजीका लागि केलियन एमबाप्पेले ३४ र ६३ औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै नेइमारले ६० औँ तथा आइकार्डीले ६१ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

जितपछि शीर्ष स्थानको पिएसजीको २१ खेलबाट ४५ अंक भएको छ । दोस्रो स्थानको लिलेको २० खेलबाट ४२ अंक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);