च्याम्पियन्स लिगमा पिएसजीसँग ५–१ गोल अन्तरले इस्तानबुल बासाकेशिर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

च्याम्पियन्स लिगमा पिएसजीसँग ५–१ गोल अन्तरले इस्तानबुल बासाकेशिर पराजित

एजेन्सी, २५ मंसिर । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन पिएसजी समूह विजेताका रुपमा युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह एच अन्तर्गत भएको बुधबार राति भएको खेलमा पिएसजीले इस्तानबुल बासाकेशिरलाई ५–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो ।

पिएसजीको जितमा नेइमारले ह्याट्रिक गरे । उनले २१, ३८ र ५० औँ मिनेटमा गोल गरेका हुन् । यस्तै केलियन एमबाप्पेले दुई गोल गरे । उनले ४२ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे र ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

स्थानबुलका लागि तोपालले ५७ औँ मिनेटमा एक गोल फर्काए । मंगलबार खेलको क्रममा फोर्थ अफिसियलले स्थानबुलका सहयोगी पिएर वेबोलाई रंगभेदी भाषा प्रयोग गरेको भन्दै दुवै टिमका खेलाडीले मैदान छोडपछि बुधबार राति खेल भएको थियो ।

जितसँगै पिएसजी आरबी लेइप्जिगलाई पछि पारेर समूह एचको विजेता बनेको छ । दुवै टिमको समान १२ अंक भए पनि गोल अन्तरमा पिएसजी समूह विजेता बनेको हो । त्यस्तै समूह बी अन्तरर्गत भएको खेलमा रियल मड्रिड नकआउट चरणमा प्रवेश गरेको छ ।

रियलले बोरुसिया मोन्चेनग्लाडवाचलाई २–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको नवौं मिनेटमा रियललाई अग्रता दिलाएका बेन्जिमाले ३१ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);