बार्यन म्युनिखसँग लाजिओ ४–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बार्यन म्युनिखसँग लाजिओ ४–१ ले पराजित

एजेन्सी, १२ फागुन । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिखले जित निकालेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा बार्यन म्युनिखले इटालियन क्लब लाजिओलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, मुसिएला र लिरोय सानेले एक–एक गोल गरे । यस्तै लाजिओका एसिर्बीले आत्मघाती गोल गरे । घरेलु टोली लाजिओका लागि ४९ औँ मिनेटमा वाकिन कोरियाले एक गोल फर्काए ।

बार्यनका लागि लेवान्डोस्कीले नवौँ, मुसिएलाले २४ औँ तथा सानेले ४२ औँ मिनेटमा गोल गरेका हुन् । लाजिओका एसिर्बीले ४७ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । दोस्रो लेग आउँदो मार्च १७ मा बार्यनको मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);