आर्सनल पर्यो अफ्ठ्यारोमा, बार्यन म्युनिखको सानदार जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

 आर्सनल पर्यो अफ्ठ्यारोमा, बार्यन म्युनिखको सानदार जित

च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा बार्यन म्युनिख विजयी, आर्सनल ५–१ ले पराजित, दोस्रो लेग मार्च ७ मा हुने

 आर्सनल पर्यो अफ्ठ्यारोमा

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन बुन्डेसलिगा क्लब बार्यन म्युनिखले इंग्लिस प्रिमियर लिग क्लब आर्सनलमाथि शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको पहिलो लेगमा बार्यन म्युनिखले आर्सनललाई ५–१ ले हराएको हो । ११ औं मिनेटमा आर्जेन रोबिनले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा एलेक्स सान्चेजले आर्सनलका लागि बराबरी गोल फर्काए । सान्चेजले त्यसअघि पाएको पेनाल्टीको अवसरमा भने गोल गर्न सकेका थिएनन् । पहिलो हाफमा १–१ को बराबरी भएको भएपनि दोस्रो हाफमा भने आर्सनलले बार्यनलाई रोक्न सकेन ।

बार्यनका लागि ५३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । थिएगो एल्कान्टाराले ५६ र ६३ औं मिनेटमा गोल गर्दै बार्यनको अग्रता ४–१ मा पु¥याए ।

८८ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बार्यन ५–१ ले विजयी भयो । अवे मैदानमा हारेको आर्सनलले दोस्रो लेगमा आउँदो मार्च ७ मा घरेलु मैदानमा खेल्नेछ ।

प्रतियोगिताको अघिल्लो चरण पुग्नका लागि आर्सनलले दोस्रो लेगमा कम्तिमा चार गोल अन्तरले जित्नु पर्छ । पहिलो लेगमा आर्सनल बार्यन म्युनिख सामु निकै कमजोर देखियो ।

खेल अवधिभर ७५ प्रतिशत भन्दा बढी समयमा बलमा नियन्त्रण बार्यनको थियो । पहिलो हाफमा बनाएका गोल गर्ने दुई वटा सुन्दर मौका आर्सनलले गुमायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);