मनाङले आज शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङसँग भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मनाङले आज शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङसँग भिड्ने

बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आज मनाङ मर्सयाङ्गदीले खेल्दै, बंगलादेशको मोहमडन स्पोर्टिङसँगको खेल साँझ ७ बजे हुने

मनाङले आज शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङसँग भिड्ने

काठमाडौं । बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आज नेपालको मनाङ मर्सयाङ्गदी क्लबले बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबसँग खेल्दैछ ।

खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । बंगलादेशको चित्तागाङमा शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टिमसँग खेल्न लागेको हो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान अनिल गुरुङ्गले विपक्षी टिमबारे खासै जानकारी नभएपनि नेपालमा लगातार खेल जितिरहेको टोली उच्च मनोबलका साथ बंगलादेश पुगेको र त्यसैअनुसार राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मनाङ रहेकै समूहको अर्को खेल पनि आइतबार नै हुनेछ । प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लब सहभागी छन् ।

दुई वटा समूहमा रहेका सहभागी क्लब मध्येबाट दुईदुईवटा शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);