हेड टु हेडका आधारमा मनाङ मर्सयाङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा प्रवेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

हेड टु हेडका आधारमा मनाङ मर्सयाङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा प्रवेस

१४ फाल्गुन काठमाडौं । बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्सयाङ्दी क्लब सेमिफाइनलमा प्रवेस गरेको छ ।

समूह ‘बि’ अन्र्तगत शुक्रबार भएको खेलमा बंगलादेशको मोहमोदेन स्पोटिङ क्लबले अफागानिस्तानको शाहिन आस्मयीलाई २–१ गोलअन्तरले पराजित गरेपछि हेड टु हेडका आधारमा मनाङ सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ बाट टिसी स्पोर्टस् क्लब माल्दिभ्स र दक्षिण कोरियाको पोचियोन सिटिजन एफसी सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

मनाङले सेमिफाइनलमा टिसी स्पोर्टस् क्लबसँग खेल्नेछ । शुक्रबार नै भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशको चटगाउँ अवहानी क्लबसँग दुई–दुई गोलको बराबरीमा खेलेको थियो ।

दुई गोलको अग्रता बनाइसकेको मनाङले अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको थियो । बराबरीपछि डिफेन्डिङ च्याम्पियन अवहानी सेमिफाइनलमा पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);