किरण चेम्जोङ नायक बन्दा मनाङको सपना चकनाचुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

किरण चेम्जोङ नायक बन्दा मनाङको सपना चकनाचुर

मनाङ मस्र्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलबाटै बाहिरियो, माल्दिभ्सको टिसी क्लब १–० ले विजयी

किरण चेम्जोङ नायक बन्दा मनाङको सपना चकनाचुर

 

काठमाडौं । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस क्लबसँग १–० गोल अन्तरले पराजित भएको छ ।

८२ औँ मिनेटमा टिसी स्पोर्टसका नाफ्लु अलिले गरेको गोल नै निर्णायक बन्दा मनाङ पराजित भयो । मनाङका गोलकिपरले गरेको बल पन्च नाफ्लुको छातीमा लागेर गोल भएको थियो ।

खेलमा मनाङ र टिसी स्पोर्टस दुबैको फिनिसिङ निकै फितलो देखिएको थियो । मनाङले गरेको केही राम्रा प्रहार भने टिसी स्पार्टसका गोलरक्षक किरण चेम्जोङले विफल पारे । टिसी स्पोर्टसको गोलपोष्ट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले सम्हालेका हुन् ।

किरण खेलको म्यान अफ द म्याच भए । मनाङ लिग चरणमा एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोरे पनि हेड टू हेडका आधारमा समूह ‘बी’ उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल आएको थियो ।

टिसी स्पोर्टस समूह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । प्रतियोगिताका विजेताले ३० हजार अमेरिकी डलर र उपविजेताले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);