किरणलाई माल्दिभ्समा उत्कृष्ट गोलकिपरको अवार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

किरणलाई माल्दिभ्समा उत्कृष्ट गोलकिपरको अवार्ड

kiran chemjong

काठमाडौं, १४ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भएको त्यहाँको फुटबल महासङ्घले जनाएको छ ।

तीन साताअघि माल्दिभ्स फुटबल डट कम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्तरुपमा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा समावेश गरेको थियो । किरणसँगै अन्य दुई खेलाडी पनि मनोनयनमा परेका थिए ।

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए ।

गत महीनामात्र नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दले इण्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);