दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम ८३ रनले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम ८३ रनले विजयी

१७ फाल्गुन काठमाडौं । भारतको राजवादा क्रिकेट टिमसँगको अभ्यास खेलमा नेपाल ८३ रनले विजयी भएको छ ।

दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम ८३ रनले विजयी

१७ फाल्गुन काठमाडौं । भारतको राजवादा क्रिकेट टिमसँगको अभ्यास खेलमा नेपाल ८३ रनले विजयी भएको छ ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलअघि अभ्यासको लागि भारतमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा भारतको राजवादा क्रिकेट टिमलाई ८३ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राजवादालाई २ सय ४८ रनको लक्ष्य दिएको थियो । नेपालका लागि कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले १ सय १५ बलमा ९५ रन बनाए । यस्तै सुनिल धमलाले ७२ बलमा ४४ रन, मेहबुब आलमले २२ बलमा ३० रन, आरिफ शेखले २७ बलमा अविजित २४ रन बनाए ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको राजवाडाले ३७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६४ रन मात्र बनायो । नेपालका सोमपाल कामी, सागर पुन र सन्दिप लामिछानेले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी र अभिनाश कर्णले एक–एक विकेट लिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);