एसीसी यु–१६ क्रिकेटः नेपालको विजयी सुरुआत, थाइल्याण्ड १३३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

काठमाडौँ, २५ मंसिर। एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत थाइल्याण्डको बैंककमा भएको पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको थाइल्याण्ड १९ ओभर बलमा अलआउट हुँदै ४६ रनमा समेटियो । नेपालको कसिलो बलिङसामु थाइल्याण्डका ब्याट्सम्यानहरु निरिह देखिए । मात्र ४ ओभरमा ४ रन जोड्दा ४ विकेट गुमाएको थाइल्याण्ड १९ ओभर भन्दा बढी टिक्न सकेन ।

थाइल्याण्डका कोकिअट चाटवोङले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले १० रनको आँकडा पूरा गर्न सकेनन् । उसका योड्साक नोनाकुन र सारवत मालीवानले समान ७ – ७ रन जोड्दा किटीफाट दारुवाङले ३ तथा पटिफान साटफनितले २ रन बनाए ।

थाइल्याण्डलाई सस्तैमा समेट्न नेपालका नारायण जोशी एक्लैले ५ विकेट लिए । त्यस्तै सूर्य तामाङले २ तथा निखिल कुमार सिंह र विशाल बिक्रम केसीले समान १– १ विकेट लिए ।

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली थाइल्याण्ड समक्ष १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बैंककको ट्रेडथाई क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रित गौतमले कप्तानी समालेका नेपाली टोलीले ३४ ओभर ३ बलमा अलआउट हुँदै १सय ७९ रन जोड्न सफल भएको हो। नेपालका लागि तृतराज दासले ३९ सर्वाधिक रन बनाए भने कुशल मल्लले २४ तथा सुनिल भण्डारीले २३ रन बनाए।

त्यस्तै नेपालका राजन मगरले १७, कप्तान रित गौतमले १६ रन बनाउँदा प्रतिष जीशीले १२ रन बनाए । थाइल्याण्डका कोकिअट चाटवोङले ३ तथा चिरापोङ र कोङकिडाकोनले समान दुई दुई विकेट लिए ।