नेपालको एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटमा विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २६ मंसिर । नेपालले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

थाइल्याण्डको बैंककमा भएको पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १ सय ३३ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको थाइल्याण्ड ४६ रनमा समेटियो । नेपालको कसिलो बलिङसामु थाइल्याण्डका ब्याट्सम्यानहरु निरिह देखिए ।

४ ओभरमा ४ रन जोड्दा ४ विकेट गुमाएको थाइल्याण्ड १९ ओभर भन्दा बढी टिक्न सकेन । थाइल्याण्डका कोकिअट चाटवोङले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले १० रनको आँकडा पूरा गर्न सकेनन् । थाइल्याण्डलाई सस्तैमा समेट्न नेपालका नारायण जोशीले ५ विकेट लिए । त्यस्तै सूर्य तामाङले २ तथा निखिल कुमार सिंह र विशाल बिक्रम केसीले समान १– १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७९ रन बनायो । थाइल्याण्डविरुद्ध सम्मानजनक स्कोरको लागि नेपालका तृतराज दासले ३९, कुशल मल्लले २४ तथा सुनिल भण्डारीले २३ रन बनाए ।

त्यस्तै नेपालका राजन मगरले १७, कप्तान रित गौतमले १६ रन बनाउँदा प्रतिष जीशीले १२ रन बनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);