एसीसी इमर्जिङ एसिया कप क्रिकेट : हङकङलाई ४० रनले हराउँदै नेपालकाे पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एसीसी इमर्जिङ एसिया कप क्रिकेट : हङकङलाई ४० रनले हराउँदै नेपालकाे पहिलो जित

काठमाडौं, ३० कात्तिक । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । बंगलादेशको ढाकामा शनिबार भएको खेलमा हङकङलाई ४० रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हङकङले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो । हङकङका किन्चिट शाहले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि हङकङलाई जित दिलाउन सकेनन् ।

यस्तै एहसान नवाजले अविजित ४४ रन जोड्दा हरोन महमद अर्सादले २६ रन बनाए । हङकङलाई सस्तैमा रोक्न नेपालका करण केसी र अविनास बोहराले ३–३ विकेट लिए । सुशन भारीले २ विकेट लिए ।

यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनायो । खराब सुरुवात गरेको नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दैे ८९ रन बनाएपछि नेपालले चुनौतीपूर्ण योगफल खडा गरेको थियो । नेपालका आरिफ शेखले ४८ र दिपेन्द्र सिंह ऐरीले ३७ रन बनाए ।

जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । अब नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ । यस अघि बिहिबार भएको पहिलो खेलमा भने नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);