एसिया कप टि–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जितसंगै भारत सुपर ४ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एसिया कप टि–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जितसंगै भारत सुपर ४ मा

काठमाडौं । एसिया कप टि–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जितसंगै भारत सुपर ४ मा पुगेको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा हङकङलाई ४० रनले हराउँदै लगातार दोस्रो जितसँगै भारत सुपर ४मा पुगेको हो ।

भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रनमा समेटियो । हङकङका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए ।

जिशन अलिले १७ बलमा अविजित २६ रन तथा अजाज खानले १४ रन बनाए । भारतका भुवनेश्वर कुमार, आबेश खान,रविन्द्र जडेजा र अर्शदिप सिंहले १÷१ विकेट लिए यो खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ९२ रन बनायो ।

भारतका सुर्यकुमार यादवले २६ बलमा ६८ तथा विराट कोहलीले ४४ बलमा ५९ रन बनाए । केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए । हङकङका अयुस शुक्ला र मोहम्मद घजान्फरले समान १÷१ विकेट लिए । समूह ए अन्तर्गत पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको २ खेलबाट ४ अंक जोडेर भारत समूहको शीर्ष स्थानमा रहेको छ ।

समूहबी बाट लगातार २ जितसँगै अफगानीस्तान पनि सुपर ४ मा पुगिसकेको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);