हारको नजिक पुगेर नतिजा उल्टाउदै नेपाल टि–२० विश्वकप क्रिकेट नजिक,सन्दीप लामिछानेले लिएको ५ विकेटसँगै कतारमाथि ५ रनको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

हारको नजिक पुगेर नतिजा उल्टाउदै नेपाल टि–२० विश्वकप क्रिकेट नजिक,सन्दीप लामिछानेले लिएको ५ विकेटसँगै कतारमाथि ५ रनको रोमाञ्चक जित

काठमाडाैं ,

टि २० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारलाई ५ रनले हराउँदै नेपाल विश्वकपको नजिक पुगेको हो । सन्दीप लामिछानेको ५ विकेट र कप्तान रोहित पौडेलको ५८ रन नेपालको जितमा निर्णायक भएको हो अर्को एक पटक हारको नजिक पुगेर नतिजा उल्टाएको नेपालले सुपरसिक्सको २ खेलमा लगातार जित निकालेर विश्वकप नजिक पुगेको हो ।

ओमानको मस्कटमा १ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको कतार सन्दीप लामिछानेले ५ विकेट लिएपछि १९.५ ओभरमा १४२ रनमा अलआउट भयो । सुपर लिगमा नेपालको यो लगातार दोस्रो विजय हो । नेपालले अघिल्लो दिन सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले हराइसकेको छ । सुपरसिक्समा नेपाल र ओमानको समान ६ अंक छ । नेपाल र ओमान बुधबार खेल्दै छन् । यसले यी दुई टोलीको विश्वकपमा पुग्ने औपचारिकता निश्चित गर्नेछ । यूएई र जापानको २–२ अंक छ । नेपालले अन्तिम खेल सामोओसँग शुक्रबार खेल्नेछ ।

लक्ष्य पच्छ्याउनेक्रममा कतारका इमाल लियानागे ५६, जुबेर अलीले ५२ रन बनाए सन्दीपले अन्तिम दुई ब्याट्सम्यान मुजीब उर रहमान र अमिर फारुखलाई स्टम्प आउट गराए । उनले टि–२० अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिएको यो दोस्रो पटक हो । नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।यसअघि व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाई १४७ रन बनायो । कमजोर सुरूवात गरेपनि कप्तान रोहित र उप कप्तान दीपेन्द्र सिंह ऐेरीले इनिङ्स सम्हाल्दै कतारका बलरहरूलाई दबाब दिए।रोहितले ४१ बलमा ७ चौका र १ छक्का सहित ५८ रन बनाए । टि –ट्वान्टी आईमा उनको यो आठौं अर्धशतक हो । दिपेन्द्रले २२ बलमा १ वौका सहित २५ र गुल्सन झाले ८ बलमा २ छक्कसँगै १६ र सोमपाल कामीले ९ बलमा १४ रन बनाए । कतारका कप्तान मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चरले समान तीन विकेट लिए।

Leave a Reply