नेपालको लगातार दोस्रो हार, हङकङसंग ४३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालको लगातार दोस्रो हार, हङकङसंग ४३ रनले पराजित

काठमाडौं, १८ फागुन । नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

बैंककको टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले कुशल मल्लसँग ४२ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कुशल १९ रनमा आउट भए । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाए । करण केसी ७ रनमा आउट भए । त्यस्तै विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५–५ रनमा आउट हुँदा पारस खड्का ४ रनमा पेभेलियन फर्किए ।

पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने सुन्य रनमा आउट भए । हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । हारसँगै शीर्ष दुईमा रहँदै एसिया कप छनोटमा पुग्ने नेपालको सपनामा धक्का लागेको छ ।

नेपालले २ खेलमा अंक जोड्ने सकेको छैन । उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);