आर्मीका खगेन्द्र भाटले जिते वीरगन्ज म्याराथनको उपाधी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आर्मीका खगेन्द्र भाटले जिते वीरगन्ज म्याराथनको उपाधी

वीरगन्ज, १७ फागुन । नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरिएको ‘एकताको लागि दौड’ वीरगन्ज म्याराथन प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाटले जित्न सफल हुनुभएको छ ।

४२ किलोमिटर दौडको उपाधी भाट्ले जित्नुभएको हो । जितसंगै उहाँले नगद १ लाख २५ हजार रुपैयाँ र टिभिएस कम्पनीको अपाची मोटरसाईकल समेत हात पार्नुभएको छ । उहाँ नेपाली सेनाका अमलदार हुनुहुन्छ ।

त्यसैगरी द्धितिय र तृतिय उपाधी पनि त्रिभुवन आर्मी क्लबकै सेनाले हात पार्न सफल भएका छन् । द्धितिय हुनेमा क्लबका राजन रोकाया र तृतिय हरि कुमार रिमालले क्रमश १ लाख ५० हजार र १ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । रोकाया सेनाका सुवेदार हुनुहुन्छ भने रिमाल सिपाही हुनुहुन्छ ।

विजेताहरुलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले पुरस्कार प्रदान गरी सम्मान गरेका थिए ।

सेनाले आयोजना गरेको वीरगन्ज म्याराथान प्रतियोगिता मध्ये ४२ किलोमिटरको दौड बाराको पिलुवा स्थित नेपाली सेनाको बाहिनीबाट शनिबार बिहान शुरु भएको थियो ।

पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुँदै पुनः कलैयाबाट वीरगन्जको चण्डी प्रसाद गण सेनाको ब्यारेकमा आई समापन भएको थियो ।

त्यसैगरी २१ किलो मिटरको दौडमा महिला र पुरुष दुवै तर्फबाट त्रिभुवन आर्मी क्लबकै खेलाडीहरुले उपाधी हात पारेका छन् । प्रथम, द्धितिय र तृतिय महिलातर्फ क्रमश राजपुरा पछाई, फुलमती राना र विन्दा श्रेष्ठ, र पुरुषतर्फ गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत भए ।

२१ किलोमिटरको दौडका प्रथम, द्धितिय र तृतिय हुने विजेतालाई क्रमश ७५ हजार, ५० हजार र ३५ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);