दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने 

सिमरा। नेपाल र भारतका क्लबको सहभागिता रहने गरी सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबले २९ भदौदेखि १ असोजसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो । सिमरा रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमको सहभागिता रहनेछ । क्लबले बुधवार सिमरास्थित होटल सम्यकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा दार्जिलिङ, कोलकत्ता, सिक्किम, धरान, चितवन, जावलाखेल, चन्द्रनिगाहपुर, नवलपरासी, विराटनगर, बुटवल, पोखराको दुई, वीरगन्जको दुई र आयोजक क्लबको दुई टिमको सहभागीता रहने जानकारी गराएको छ ।सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ताकी स्व. माता मन्जुदेवीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्डलाई समेत विधागत पुरस्कारबाट पुरस्कृत गरिने प्रतियोगिता संयोजक हरि चौधरीले बताए ।

प्रतियोगितामा ४० वर्ष उमेरभन्दा माथिका खेलाडी सहभागी हुनेछन् । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक चारवटा खेल हुनेछ । नेपाल र भारतका विभिन्न भेट्रान कप फुटबल प्रतियोगितामा सहभागिता जनाउदै आएको सिमराले दोस्रो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गर्न लागेको हो । यसअघि देशभरिका भेट्रान क्लबको सहभागितामा २०७४ सालमा प्रथम संस्करण आयोजना भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);