एपीएम टेबल टेनिस पुस पहिलो साता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एपीएम टेबल टेनिस पुस पहिलो साता

काठमाडौं । नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । एपीएम टेबल टेनिस क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै १ देखि ३ पुससम्म पुसप्रतियोगिता गर्ने जनाएको हो । 

ललितपुर भैंसीपाटीमा हुने प्रतियोगितामा आठ स्पर्धा रहने छन् । मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मिक्स डबल्स, मेन्स भेट्रान सिंगल्स ४० वर्षमाथि, मेन्स भेट्रान सिंगल्स ५० वर्षमाथि, मेन्स भेट्रान सिंगल्स ६० वर्षमथि, ब्वाइज सिंगल्स यू-१६ र गल्र्स सिंगल्स यू-१६ रहेका छन् । 

मेन्स सिंगल्स र वुमेन्स सिंगल्सका विजयी खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलो हुनेले १० हजार, दोस्रो हुनले पाँच हजार र तेस्रो हुने दुई खेलाडीले समान दुई हजार पाच सय रुपैयाँ प्राप्त गर्ने छन् । 

यस्तै, आठ स्पर्धाका विजेतालाई सिओम नेपालद्वारा उपहार प्रदान गरिनेछ । आयोजकका अनुसार उपहार पाँच लाख रुपैयाँ बराबरको हुनेछ । प्रतियोगिताको अनुमानित बजेट दश लाख रुपैयाँ रहेको छ । मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ भने सह-प्रायोजकमा पूर्णशंकर श्रेष्ठ रहेका छन् । 

प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या तीन सयभन्दा बढी हुने आयोजकको दाबी छ । पुलिस, आर्मी र एपीएफका विभागीय टोलीसँगै स्थानीय क्लबका खेलाडी समेत प्रतियाेगितामा सहभागी हुने छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);