शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा आज मनाङ भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा आज मनाङ भिड्दै

बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी भिड्दै, माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग खेल्ने

किरण चेम्जोङ नायक बन्दा मनाङको सपना चकनाचुर

काठमाडौं । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा आज मनाङ मर्सयाङ्दी क्लबले माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बेलुका सवा ६ बजेपछि सुरु हुनेछ । समूह उपविजेता बनेको मनाङ समूह विजेताको रुपमा अन्तिम चारमा आएको टिसी स्पोर्टससँग खेल्न लागेको हो ।

प्रतियोगिताको फाइनल पुग्ने राम्रो मौका भएकाले त्यसै अनुसार सक्दो मेहनत गर्ने मनाङका प्रशिक्षक छिरिङ लोप्साङले बताए । मनाङ लिग चरणमा एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोरे पनि हेड टू हेडका आधारमा समूह ‘बी’ उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

टिसी स्पोर्टस समूह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । टिसी स्पोर्टसको गोलपोष्ट भने नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले सम्हाल्नेछन् ।

 

Leave a Reply