राजिवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजिवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

काठमाडौं । वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको खेलका ७०औं मिनेटमा राजिवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजिवले काउन्टर अट्याकमा सहज गोल गरे । आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइलनमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

मछिन्द्रले संकटा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, एपीएफले भुटनीज युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो । आर्मी र थ्री स्टार दुवै आफ्ना मुख्य खेलाडीविना मैदानमा उत्रिएका थिए । आर्मीका सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे राष्ट्रिय टोलीको बन्द प्रशिषणमा रहँदा नवयुग श्रेष्ठ, विकास खवास र सुदिल राई चोटका कारण मैदान बाहिर छन् । 

यता, थ्री स्टारका अनन्त तामाङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा आयुष घलान र कप्तान विक्रम चोटका कारण मैदान उत्रन पाएनन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);