थ्रिस्टारद्वारा हिमालयन शेर्पा १-० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

थ्रिस्टारद्वारा हिमालयन शेर्पा १-० गोल अन्तरले पराजित

Football

सिमरा, १० माघ । दशौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । सिमरा रंगशालामा बिहीबार भएको सेमिफाइनलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

थ्रीस्टारको जितमा फोडे फोफनाले निर्णायक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गर्न सफल भयो । थ्रीस्टारका लागि खेलको ७१औं मिनेटमा फोफनाले गोल गरेका थिए ।

बाँकी समयमा दुबैतर्फबाट गोल हुन नसक्दा फोडेको गोल नै निर्णायक बनेको हो ।यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले आयोजक नव जनजागृति युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि फाइनलमा प्रवेश गरेको थियो ।

फाइनल खेल शनिबार सिमरा रंगशालामा हुँदैछ । प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।