जीतपुरसिमरा गोल्डकप : धनगढीलाई पराजित गर्दै हेटौंडा क्वाटर फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जीतपुरसिमरा गोल्डकप : धनगढीलाई पराजित गर्दै हेटौंडा क्वाटर फाईनलमा प्रवेश

बारा । बाराको सिमरामा जारी ११ औं जीतपुरसिमरा गोल्डकपमा सुदूरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडाले क्वाटर फाईनल यात्रा तय गरेको छ ।

सिमरा रंगशालामा शुक्रवार बेलुकी भएको खेलमा २–० जित निकाल्दै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ हेटौंडा क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

हेटौंडाको जितमा नवराज गुरुङ र विकास लामाले समान एक÷एक गोल गरे । खेलको १६ औं मिनेटमा नवराजको गोलबाट अग्रता लिएको हेटौंडा विरुद्ध खेलमा फर्कन संघर्ष गरेको सुदूरपश्चिमले आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन बाध्य भयो ।

मध्यम खेल प्रदर्शन गरेको हेटौंडाले ७५ औं मिनेटमा विकास लामाको गोलबाट अग्रता दोब्बर पा-यो । सुदूरपश्चिमका सुनील धामीले हेटौंडाका सन्त बहादुर गुरुङलाई लडाए पछि पाएको फ्रि–किक बललाई विकासले गोलमा परिणत गरेका थिए ।

करिब २५ यार्ड टाढाबाट हानेको फ्रि–किकलाई विकासले सिधै गोलमा परिणत गरेका थिए ।

सुदूरपश्चिमले खेलमा केही आकर्षक अवसर बनाए पनि गोल गर्न सकेन । खेलको १८ औं मिनेटमा विनोद केसीले डि–बक्स भित्रबाट गरेको सशक्त प्रहार हेटौंडाका गोल रक्षक अशोक बरालले बचाउ गरे ।

खेलको ३६ औं मिनेटमा सुदूरपश्चिमले बराबरी गोल गर्ने अर्को अवसर गुमायो । सुनील धामीको क्रसमा शक्ति राईले डिबक्स बाहिरबाट हानेको प्रहार हेटौंडाका गोल रक्षकले बचाए ।

खेलको ८८ औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीको क्रस बल शक्ति राईले डि–बक्स भित्र सम्हाल्न नसक्दा अन्तिम समयमा गोल गर्ने अवसर चुक्यो ।

खेलको म्यान अफ दि म्याच हेटौंडाका नवराज गुरुङ घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको पहिलो क्वाटर फाईनलमा शनिबार हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती युवा क्लब सिमरा भिड्दै छन् ।

हिमालयन शेर्पाले सिधै क्वाटर फाईनल खेल्दै छ । भने आयोजकले उद्घाटन खेलमा मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);