चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

chelsi

काठमाडौं, ११ माघ । चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राती भएको खेलमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोटेनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, पहिलो लेगमा चेल्सीले टोटेनह्यामसँग १–० को हार व्यहोरेको कारण खेल समग्रमा २–२ गोलको बराबरी भएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा भने चेल्सी विजयी भयो । चेल्सीका सिजर विलियन, सिजर एज्प्लिक्युएटा, जोर्गीन्हो र डेभिड लुइजले पेनाल्टीमा गोल गरे ।

तर, टोटेनह्यामका इरिक डायर र लुकास मौराले गोल गर्न सकेनन् । उसका लागि इरिक लमेला र क्रिस्तियन एरिक्सनले गोल गरेका थिए । त्यसअघि खेलको २७ औ मिनेटमा एनगोलो कोन्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । ५० औ मिनेटमा टोटेनह्यामका फर्नान्डो लोरेन्टले एक गोल फर्काएपछि खेल समग्रमा २–२ को बराबरीमा सकिएको थियो । अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);