काठमाडौं, ११ माघ । युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालल ११४रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्ताे पाएकाे नेपालले ३३ ओभर ५ बलमा मात्र ११३ रन बनायाे ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी घरेलु टोली विरुद्धको तीन एक दिवसीय श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालले खराब सुरूवात गर्यो।
खेलमा पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा बाहिरिए भने नेपालले ९२ रन नपुग्दै आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको थियो । खेलको चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरी पनि शून्य रनमै आउट भए ।
यसअघि सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारी ५ रनमा बाहिरिए भने कप्तान पारस खड्का भने २० रनमा सिमित भए ।
पारस आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी खातानै नखोली रन आउट भए । एउटा इनिङबाट ब्याटिङ सम्हालेका सोमपाल नेपालको स्कोर ७१ रन हुँदा आउट हुन पुगे पछि पालि पुरै धरमराएको थियो ।
सोमपाल ३० रन बनाउँदै आउट भए जुन आजको खेलमा नेपाली व्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो रन हो । त्यसपछि पवन शर्राफ, करण केसी र बसन्त रेग्मी लगातार आउट भएका थिए । पवनले ४ रन बनाउँदा करणले ३ तथा बसन्त रेग्मीले खाता खोल्न सकेनन् ।
युएईका लागि मोहम्मद नाभिदले अमिर हायात तीन तीन विकेट लिँदा र इमरान हैदरले समान दुई तथा क्वेदर अहमदले १ विकेट लिए ।




