सुपर कप फुटबल खेलमा चेल्सीलाई पछि पार्दै लिभरपुल विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सुपर कप फुटबल खेलमा चेल्सीलाई पछि पार्दै लिभरपुल विजयी

liverpool

एजेन्सी, ३० साउन । सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

स्थानबुलमा बुधबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध पार्दै लिभरपुलले उपाधि जितेको हो । निर्धारित तथा थप गरिएको समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा लिभरपुलले चेल्सीलाई ५–४ ले पराजित गरेको हो । चेल्सीका ट्यामी अब्राहमको पेनाल्टी प्रहार लिभरपुलका गोलरक्षक अड्रिएनले रोकेपछि जित निश्चित भएको हो । पेनाल्टी सुटआउट अघि ३६ औँ मिनेटमा ओलिभर जिरउडको गोलबाट चेल्सीले पहिलो हाफमा अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेट अर्थात ४८ औँ मिनेटमा साडिओ मानेले लिभरपुलका लागि बराबरी गोल फर्काए । ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । ९५ औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर १०१ औँ मिनेटमा चेल्सीले पेनाल्टी पायो । जसमा जोर्गिन्होले गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि भएको टाइब्रेकरमा चेल्सीका ट्यामी चुके र उपाधि लिभरपुलको पोल्टामा गयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);