यूइएफए सुपर कप फुटवलको फाइनल खेल बुधबार राती हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

यूइएफए सुपर कप फुटवलको फाइनल खेल बुधबार राती हुँदै

काठमाडौं, २९ साउन । युईएफए सुपर कप फुटबलको उपाधि भिडन्त आज राती हुँदैछ । फाइनलमा दुई इंग्लिश क्लब लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।

टर्कीको स्तानबुलमा हुने लिभरपुल र चेल्सीबीचको फाइनल खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । जोर्गेन क्लोपको नेतृत्वमा रहेको लिभरपुल चौंथो पटक उपाधि जित्ने योजनामा रहेको छ ।

लिभरपुलले यसअघि ३ पटक सुपर लिगको उपाधि जितिसकेको छ । नयाँ सिजनको प्रिमियर लिगमा लिभरपुलले नर्विचलाई ४–१ गोल अन्तरले हराएको थियो ।

यता, फ्रान्क लाम्पार्डको चेल्सी पहिलो पटक सुपर लिग जित्ने लक्ष्यमा रहेको छ । अहिलेसम्म चेल्सीले सुपर कप जित्न सकेको छैन । प्रिमियर लिगमा खराब सुरुवात गरेको चेल्सी लिभरपुलसँग थप शतर्क रहेको छ । सिजनको पहिलो खेलमा चेल्सी म्यानचेस्टर युनाईटेडसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);