नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल भदौ ९ गते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल भदौ ९ गते

काठमाडौं, २९ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाको लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी गराएको हो ।

नेपालले जोहारसँग भदौ ९ गते उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले विभिन्न देशसँग मैत्रीपूर्ण खेलको लागि प्रयास गरेपछि उपलब्ध नहुँदा क्लबसँग खेल्ने लागेको हो । छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);