राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण


नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चारजना कोरोनाबाट संक्रमित भएको जनाएको छ ।

कोरोना संक्रमित चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बंलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित थिए ।

नेपालले बंगलादेशसित ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद राखेपले एन्फालाई अनुमति दिएको हो । नेपालले बालगोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);