नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि, सीमित दर्शकलाई प्रवेश अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि, सीमित दर्शकलाई प्रवेश अनुमति

काठमाडौं । साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले भोली पाहुना टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुबै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धा गर्ने आज भएको प्रि–म्याच कन्फरेन्समा बताएका छन् । कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सिमित दर्शकले मैत्रिपूर्ण खेल हेर्ने मौका पाउने भएका छन् ।

भारतसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली टोली जितका लािग खेल्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने बताए ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने दुई मैत्रीपूर्ण खेल अन्तर्गत नेपालले पहिलो खेल भोलि खेल्न लागेको हो । नेपालका लागि ७३औं खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारिरिक हिसाबमा तयार टोली तयार भएको बताए ।

यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताएका छन् । प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केहि परिवर्तन देखिएपनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।

भारतीय टोलीका प्रशिक्षक इगोरले पनि कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दैे साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।

नेपाल र भारतबीच ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल हुँदैछ । खेल भोली साँझ ५ः३० बजे सुरु हुने तालिका छ । मैत्रीपूर्ण खेलका लागि आजै एन्फाले सिमित दर्शकलाई प्रवेश अनुमति दिने बताएको छ । प्रि–म्याच पछि बोल्दै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारबाट सिमित दर्शकलाई उपस्थिति गराएर आयोजना गर्न स्वीकृति दिएको बताए ।

कोरानाविरुद्धका दुवै खोप लगाइसकेका वा पीसीआर नेगेटिभ आएकालाई मात्र दशरथ रंगशालामा प्रवेश दिने एन्फाले बताएको छ । एन्फाले ५ हजार १ सय दर्शक प्रवेशका लागि सरकारसँग स्वीकृति मागेको जनाएको हो ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);