आईपीएल टी–ट्वान्टीः चेन्नईसँग ६ विकेटले कोलकाता पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

आईपीएल टी–ट्वान्टीः चेन्नईसँग ६ विकेटले कोलकाता पराजित

एजेन्सी, १४ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले जित निकालेको छ ।

बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले ६ विकेटले कोलकाता नाइट राइडर्ससँग पाजित गर्दै जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो । कोलकताका लागि सर्वाधिक नितिश राणाले सर्वाधिक ८७ रन बनाए । त्यस्तै शुभमन गिलले २६, सुनिल नारायणले ७, रिंकु सिंहले ११, नितिश राणाले ८७ रन बनाए ।

चेन्नाईका लागि लुंगि एन्गीडिले २ तथा रविन्द्र जडेजा, कर्ण शर्मा, मिचेल सेन्टनरले समान १÷१ विकेट लिए ।

जवाफमा चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि रितुराजले ७२ रन बनाए भने अम्बाती राइडुले ३८ रनको योगदान गरे । यस्तै रविन्द्र जडेजाले ३१ तथा सेन वाट्सनले १४ रन बनाए ।

Leave a Reply