चेन्नईसँग राजस्थान रोयल्स ४५ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चेन्नईसँग राजस्थान रोयल्स ४५ रनले पराजित

एजेन्सी ।  ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।

सोमबार राति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए ।

त्यस्तै जयदेव उनाकडले २४, राहुल टेवाटियाले २०, शिवम डुबेले १७ रन जोड्दा मनन भोराले १४ रन बनाए । चेन्नईका मोइन अलीले ३ विकेट लिए । यस्तै साम कुरन र रविन्द्र जडेजाले २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे ।

यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए भने ड्वेन ब्राभो २० रनमा अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८÷१८ रनमा आउट भए ।

राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए । जितसँगै चेन्नईले ३ खेलमा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);