इथियोपियाका विभिन्न शहरमा आपतकालीन अवस्थाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इथियोपियाका विभिन्न शहरमा आपतकालीन अवस्थाको घोषणा

एजेन्सी । इथियोपियाका विभिन्न शहरमा हिंसात्मक गतिविधि बढ्न थालेसँगै आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

इथियोपियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरमा हिंसात्मक गतिविधि बढेको भन्दै आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

बन्दुकधारीहरूको आक्रमणमा सर्वधारण मारिएको र निजी सम्पति लुटपाटका घटना बढेसँगै आपतकालीन अवस्थाको घोषणा गर्नुपरेको त्यहाँको सरकारले जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

आपतकालीन अवस्था घोषणा गरेसँगै ती क्षेत्रमा सरकारी सेनाले गस्ती थालेको बताइएको छ। नागरिकको सुरक्षाका लागि ठोस कदम नचालेको भन्दै विपक्षीहरूले सरकारको आलोचना गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);