स्पेनको मड्रिडमा सरकारद्वारा आपतकालीन अवस्थाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्पेनको मड्रिडमा सरकारद्वारा आपतकालीन अवस्थाको घोषणा

एजेन्सी, २४ असोज । स्पेन सरकारले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको छ । अदालतले हप्ता दिनअघि लागु भएको आंशिक लकडाउन हटाएपछि सरकारले मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागु गरेको हो ।

आपतकालीन अवस्था लागु गर्नका लागि मड्रिडमा सरकारले सात हजार भन्दा बढी प्रहरी परिचालन गरेको छ । मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागु गर्न नचाहेको र आपतकाल लागु गर्नु न्यायपूर्ण नरहेको बताएपनि केन्द्र सरकारले आपतकालीन अवस्था लागु गरेको हो । महामारीको पहिलो लहरमा नियन्त्रण गर्न सफल भएको स्पेनमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);