सन् २०२० को नोबेल शान्ति पुरस्कार राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन् २०२० को नोबेल शान्ति पुरस्कार राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई

एजेन्सी, २३ असोज । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय गरिएको नर्वेजियन नोबेल कमिटीले जनाएको छ ।

द्वन्द्व अन्त्य गर्न, शान्ति स्थापना गर्न, राष्ट्रहरुबीचमा सम्बन्ध सुधार्न भूमिका खेल्ने व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिने यस सम्मानित पुरस्कार यस वर्षका लागि भने विश्व खाद्य कार्यक्रमका लागि दिइने भएको हो ।

१० लाख अमेरिकी डलरको यो पुरस्कार भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई दिने निर्णय शुक्रबार गरिएको हो । विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको उल्लेख गरिएको छ ।

यसअघि यस पुरस्कारबाट एम्नेष्टी इन्टरनेशनल, युरोपियन युनियन, अमेरिकी पूर्वराष्ट्रपतिहरु बराक ओबामा, जिम्मी कार्टर, मलाला यूसुफजाई, कोफी अन्नान, नेल्शन मण्डेला, मार्टिन लुथर किंङ जुनियरलगायत सम्मानित भइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);