नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ट्रम्प मनोनित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ट्रम्प मनोनित

एजेन्सी, २५ भदौ । सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनित हुनुभएको छ ।

इजरायल र यूएईको बीचमा भएको शान्ति सम्झौताका लागि सहयोगी भूमिका निर्वाह गरेका कारण उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो ।

नर्वेली संसद्का सदस्य क्रिस्चियन टिब्रिङ जेड्डीले उनको मनोनयन पठाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै ट्रम्पले कोरियाली प्रायद्वीपमा, पाकिस्तान–भारतको बीचमा पनि शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको जड्डीको भनाइ छ ।

यसअघि सन् २०१८ मा पनि उत्तर कोरियालाई निशस्त्रीकरण गराउन सफल भएकोमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको थियो । पदपी उहाँले पुरस्कार भने जित्न सक्नुभएको थिएन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);