कसले चोर्‍यो दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिको नोबेल शान्ति पुरस्कार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कसले चोर्‍यो दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिको नोबेल शान्ति पुरस्कार ?

केप टाउन। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक अप्रिलमा उनको घरबाट चोरी भएको उनको फाउन्डेसनले पुष्टि गरेको छ । स्थानीय सञ्चार माध्यममा आएको विवरणअनुसार उनको केप टाउनको घरमा लुटपाटको क्रममा पुरस्कार पनि चोरी भएको जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे क्लर्कले पुरस्कार प्राप्त गरेका थिए । दक्षिण अफ्रिकी सञ्चारमाध्यमका अनुसार प्रहरीले कुनै पनि पदक बरामद गरेको छैन । स्थानीय समाचार वेबसाइट न्यूज२४ सँग कुरा गर्दै  डे क्लर्ककी विधवा एलिटाले भनिन् विदेश यात्राबाट घर फर्किदा  पदकसहित बहुमुल्य सामग्री चोरी भएका थिए । “मैले यस वर्षको अप्रिलमा हामी लुटिएको थाहा पाए ं। ५ अप्रिलमा म सेफमा गएँ र त्यहाँ  खुला थियो। म चौथो दिन विदेश यात्राबाट फर्किएकी थिए । त्यसैले मलाई मितिहरू याद छ ।“ उनले भनिन् ।

“मेरो धेरै गहनाहरू चोरिएका थिए । चोरिएका गहनाको मूल्य निर्धारण गर्न गाह्रो छ । तिनीहरुलाई पछिल्लो ५० वर्षको अवधिमा मलाई विभिन्न अवसरमा प्रदान गरिएको थियो’, उनले अगाडि भनिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);