इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

nobel peace prize-Ethiopia PM Abiy

काठमाडौं, २५ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार अफ्रिकी राष्ट्र इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई प्रदान गरिने भएको छ । छिमेकी मुलुक इरिट्रियासँग वर्षौँदेखिको द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान पुर्‍याएबापत नोबेल कमिटीले उनलाई छानेको हो ।

इथियोपियाकै प्रान्तबाट छुट्टिएर स्वतन्त्र देश बनेपछि इरिट्रिया र इथियोपियाबीच सीमा समस्या निम्तिएको थियो । सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि दुई देशबीच द्वन्द्व चर्कियो । सन् २०१८ अप्रिलमा सत्तामा आएपछि प्रधानमन्त्री अबियाले इरिट्रियासँग वार्ता गरी गत वर्ष शान्ति सम्झौता गरे । अबियाको पहलमा भएको यो सम्झौतासँगै २० वर्ष लामो सैनिक द्वन्द्व पनि अन्त्य भयो ।

नोबेल कमिटीका अनुसार ‘शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य’ जुटाउन गरेको प्रयत्नका लागि अबियाले पुरस्कार पाउन लागेका हुन् । अबिया हाल ४३ वर्षका मात्र छन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);