लण्डनका अस्पतालहरु कोरोना बिरामीले भरिएपछि संकट उत्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लण्डनका अस्पतालहरु कोरोना बिरामीले भरिएपछि संकट उत्पन्न

एजेन्सी, २६ पुष । बेलायतको राजधानी लण्डनका अस्पतालहरु कोरोना बिरामीले भरिएपछि संकट उत्पन्न भएको छ । अस्पतालहरु भरिएपछि चिकित्सकहरु कसलाई संघीय उपचार उपलब्ध भनेर संकटमा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अस्पतालहरुले युवा बिरामीलाई प्राथमिकतामा राखेको पनि सबैलाई संघीय उपचार उपलब्ध गराउन बेडको अभावपछि इमर्जेन्सी गाइडलाईन लागु गरिएको छ । विरामीको चाप बढेपछि लण्डनका डाक्टरहरुले रोजेर बिरामीको उपचार गर्नुपर्ने अवस्था निम्तिएको छ । भाइरसबाट मृत्यु हुने जोखिममा रहेका वृद्धवृद्धाभन्दा युवा बिरामीहरुलाई प्राथमिकतामा राखिएको छ ।

आपतकालीन सेवाको आवश्यकता पर्ने सबै बिरामीहरुका लागि यो निकै खतरापूर्ण अवस्था हो । दुखद् रुपमा केही अस्पतालहरुले रोजेर बिरामीलाई उपचार गर्नुपर्ने अवस्था निम्तिएको छ ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघिसकेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ स्ट्रेन बेलायतमा तिव्र फैलिएकाले सरकारले लकडाउन घोषणा गरेको छ । अत्यावश्यकबाहेक अन्य काममा हिंडडुल गर्न रोक लगाइएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ८० हजार नाघिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);